लुम्बिनी प्रादेशिक अस्पतालमा अत्याधुनिक प्रसुती गृहको शिलान्यास गरिएको छ । प्रसुती गृहको प्रदेश नम्बर पांचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले आज धार्मिक विधिधपूर्वक प्रसुती गृहको शिलान्यास गर्नुभयो ।
त्यस अवसरमा बोल्दै मन्त्री बरालले प्रसुती गृह निर्माणले सुरक्षित मातृत्वका लागि सहयोग पुग्ने बताउनु भयो। उहाले सबै प्रकार स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि अस्पतालको आवश्यक अनुसार भौतिक व्यवस्थापनका लागि सहयोग गर्ने प्रतिवद्वता जनाउनु भयो। बुटवलमा रहेको लुम्बिनी प्रादेशीक अस्पतालको सेवा थप सुधार गर्नुपर्ने भन्दै उहाले निर्माणाधिन प्रसुती गृहको गुणस्तर कायम राख्दै समयमै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाइ निर्देशन समेत दिनुभयो । प्रदेश सरकार स्वास्थ्य सेवाप्रति संवेदनशील रहेको उल्खेख गर्दै अस्पतालबाट सर्भशुलभ र गुणस्तरीय सेवा दिन आग्रह गर्नुभयो। उहाले प्रदेश भित्रका ३ वटा अस्पताललाइ १८ करोड बजेट बिनियोजन गरिएको समेत जानकारी गराउनु भयो । निकट भविश्यमै ती अस्पतालहरुमा आइसियु सेटअपका लागि पनि बजेट र प्रबिधियुक्त मेसिनहरु समेत जडान गरिने आश्वासन दिनुभयो ।अस्पतालका प्रम्ख मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद खनालले सेवाग्राहिको आशा र अपेक्षा अनुसार सेवा दिन नसकेको स्वीकार गर्नुभयो। संघीय आयोजना कार्यान्वयन इकाई भैरहवाका प्रमुख राजेन्द्रप्रसाद पाण्डेले २६ करोड ५१ लाख ७५ हजारको आयोजना २०७७ कार्तिक १४ गतेभित्रै सकिने बताउनुभयो । प्रसुती रोग विशेषज्ञ डा श्रीधर आचार्यले विशिष्टकृत सेवासहित आफुहरुले सेवा दिन पाउने बताउनुभयो। १० वटा मात्रै सुत्केरीका लागि बेड रहेको अस्पतालमा दैनिक ४० देखि ५० जना महिला अस्पतालमा सुत्केरी हुने गरेकोले भवन निर्माणपछी सहज हुने बताउनुभयो ।