प्रधानमन्त्री केपी शर्मा ओलीले अब देशलाई सुशासन र विकासको आवश्यकता भएको बताउनुभएको छ । काठमाडौंमा आयोजित अन्तराष्ट्रिय किसान सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा अब पृथकतावाद नरहेको पनि बताउनुभएको छ। उहाँले भन्नुभयो– ‘नेपालमा अब कुनै पृथकतावाद छैन, पृथकतावादी आन्दोलन छैन, समूह संगठन केही पनि छैन।’ प्रधानमन्त्री ओलीले देशमा संक्रमणकाल टुंग्याएर सुशासन र विकासको महाअभियानतर्फ लागेको बताउनुुभयो । अभियान दृढ र तिब्र गतिले अघि बढिरहेको पनि उहाँले बताउनुुभयो ।