प्रदेश नं ५ को प्रदेश सभा बैठकले आज ३ वटा विधेयक पारित गरेको छ । आज बसेको प्रदेश सभाको बैठकमा सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेश स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति गर्न बनेको विधेयक दफावार छलफलका लागि सदनमा पेश गर्नुभएको थियो ।
बैठकले भवन निर्माण कार्यलाई व्यवस्थित एवं नियमित गर्न बनेको विधेयक, दाना पदार्थ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश नम्बर पाँच जाँचबुझ आयोग गठन तथा काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो ।