राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको ‘मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ एक दिन लम्बिएको छ । ३० फागुनमा समापन गर्ने लक्ष्य भए पनि प्राविधिक कारणले एक दिन पर धकेलिएको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो । चैत १ गते काठमाडौंको भृकुटीमण्डपमा कलश यात्रा र आमसभा गरेर यात्राको समापन गरिने श्रेष्ठले बताउनुभयो । राप्रपाले विभिन्न २२ बुँदे माग राखेर फागुन १५ गते ताप्लेजुङबाट स्वाभिमान यात्रा शुरु गरेको थियो ।