श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउन सरकारले पर्याप्त सुधारको कामलाई अघि बढाएको दाबी गर्नुभएको छ। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री विष्टले यस्तो बताउनुभएको हो ।
उँहाले युवा जनशक्तिलाई विदेश पलायन हुन नपर्ने गरी सरकारले देश भित्रै रोजगारीको अवसर सृजना गर्न लागि परेको पनि बताउनुभयो । मन्त्री विष्टले युवाहरूलाई मुलुकभित्रै काम गर्ने वातावरण बनाउन सरकारले श्रमिकहरूको न्यूनतम पारिश्रमिक तोक्ने काम गरेको बताउनुभयो ।
मन्त्री विष्टले मुलुकभित्रै रोजगारीको अवसर सृजना हुने गरी दक्ष जनशक्ति उत्पादनको कामलाई पनि सरकारले व्यवस्थित ढंगले अघि बढाउने आश्वासन दिनुभएको छ।