नेपाली काङग्रेस छत्रकोट गाउँपालिकाको छाया सरकार प्रमुख एवं जिल्ला सदस्य अनन्त पौडेललेले २ बर्ष पहिला
नेपाली काङग्रेसले सुरु गरेको खेलमैदान, गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थले सिलन्यास गर्नु भएको आरोप लागाउनु भएको छ ।
प्रदेश सरकारबाट प्राप्त ३६ लाख रुपैया बजेटको खेल मैदान मंगलबार गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थले सिलन्यास गर्नु भएको प्रति नेपाली काङग्रेसको ध्यानाकर्षण भएको बताउनु भयो । महिला संघ छत्रकोट गाउँपालिकाको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता पौडेलले आर्थिक बर्ष २०७३/ ७४ मा तत्तकालिन सभासद एवं नेपाली काङग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले ५ लाख रुपैया विनियोजन गरि सुरु गरेको त्यही खेल मैदान मा,२ बर्ष पछि प्रदेश सरकार बाट विनियाेजित बजेट बाट निर्माण गर्ने गरि सिलन्यास गरिएको बताउनु भयो । प्रशिक्षण कार्यक्रममा नेतृत्व विकास र समसमयिक राजर्नतिक घटना क्रमका बिषयमा अन्तरक्रिया एवं प्रशिक्षण गरिएको थियो । कार्यक्रमको अध्यक्षता नेपाल महिला संघ छत्रकोट गाउँपालिका अध्यक्ष राधिका न्यौपानेले गर्नु भएको थियो । नेपाली काङग्रेसका जिल्लाका नेताहरु अनन्त पौडेल, छन्द पहराई, झबिन्द्र विश्वकर्मा , गीता भण्डारीले सहजिकरण एवं प्रशिक्षण गर्नु भएको थियो । कार्यक्रममा सँगीता कडेलले स्वागत गर्नु भएको थियो सोही अवसरमा माया सिँजालीको अध्यक्षतामा २१ सदस्य खर्ज्याङ महिला संघको गठन गरिएको छ । कार्यक्रम राधिका कडेलले सञ्चालन गर्नु भएको थियो ।