सरकारले नेकपा विप्लव समूह लाई प्रतिबन्ध लगाएको छ ।मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लवको नेकपा नामको समूहलाई प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।
नेकपा विप्लव समूह समूहले सरकारको निर्णयको भण्डाफोर गर्ने र दमनमा उत्रिए प्रतिवाद गर्ने बताएको छ ।
रुकुम पश्चिममा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका २ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। सोमबार साँझ जिल्ला कमिटी सदस्य एव ४ नम्बर एरिया उपाध्यक्ष मुकुन्द रावल र प्रतिरुप बिसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीले जानकारी दिए। उनिहरु दुवै जनालाई यहाँको एक वोर्डिङ स्कुलतको गाडि तोडफोड गरेको आरोपमा पक्राउ गरिएको उनले बताए।
सरकारले विप्लव माओवादीका गतिविधिमा प्रतिबन्ध लगाउन छुट्टै कानुन वा विधेयक भने ल्याएको छैन। अहिलेलाई राजनीतिक रूपले मात्र प्रतिवाद गर्न खोजेको छ।
सरकारले आतंककारी गतिविधिमा नलाग्न र नसघाउन सार्वजनिक अपिलसमेत जारी गर्ने भएको छ।
यि घटनाक्रमले फागुन ३० गतेलाई कस्तो प्रभाब पार्ला ?