तानसेन नगरपालिका भित्रको शहरी राजमार्ग १० मिटर दायाँ र १० मिटर बायाँ बिस्तार गरिने भएको छ । शहरी सडक मापदण्ड अनुसार बाटो बिस्तार हुने प्रशासकिय अधिकृत कृतनराज पौडेलले बताउनु भयो । नगरपालिकाले बाटोको नया मापदण्ड नबनाएको र पुरानै प्रचलन अनुसार भित्रि बाटो बाँया ५ , दाया ५ गरि १० मिटर र शाखा बाटो ६ मिटर कायमै रहेको बताइएको छ । हाल बिस्तार गर्ने भनिएको पाल्पा हुदै गुल्मी आउने बाटो पाल्पाको होलाङदी देखि ढुङगाखानी सम्म मात्र १० मिटर चौडा हुने राजपत्रमा उल्लेख गरिएको छ । सोहि बाटोको हकमा अन्यत्र भने १५ मिटर दाया र १५ मिटर बाया कायम छ ।