सरकार र सीके राउत बिचको सम्झौता र विप्लव प्रकरणबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पत्रकार सम्मेलन गदैछ । अहिले साढे ३ बजेपछि कांग्रेसले पत्रकार सम्मेलन गर्न लागेको हो । सीके राउतसँग सरकारले गरेको सम्झौताका बारे कांग्रेसका नेताहरुले अलग अलग धारणा राखेका थिए ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले हिजो अपरिपक्व धारणा सार्वजनिक गरेको भन्दै सभापति शेरबहादुर देउवा र प्रवक्ता विस्वप्रकाश शर्माको आलोचना गर्नुभएको थियो । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजना हुने पत्रकार सम्मेलनमा कांग्रेसले सीके राउत प्रकरण र विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने सरकारी निर्णयबारे आधिकारिक धारणा सार्वजनिक गर्ने एक नेताले जानकारी दिएका छन ।