सरकार र सिके राउतबीच भएको ११ बुँदे सम्झौताको बिरोध गर्दै नागरिक अगुवाहरुले प्रदर्शन गरेका छन् । सिके राउतसँग गरिएको सम्झौतालाई ‘अपराजधजन्य सहमति’ भन्दै उनीहरुले सिंहदरबारको पश्चिम गेटमा प्रदर्शन गरेका हुन् ।
विखण्डनको अभियान परित्याग गर्ने सहमति भएको भनिएपछि सम्झौताको बुँदा नम्बर २ लाई जनमतसंग्रहका रुपमा ब्याख्या गरिएको भन्दै नागरिक अगुवाहरुले यो सम्झौताले राष्ट्रिय अखण्डतामा प्रहार गरेको बताएका छन् । तर, विखण्डन अभियान त्याग्न तयार भए सकरात्मक रूपमा लिने उनीहरूको भनाइ छ ।
प्रदर्शनका क्रममा मानव अधिकार तथा शान्ति समाजका पूर्वसभापति कृष्ण पहाडी सहित १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।