सरकार र सिके राउत पक्षसँग नेपाली कांग्रेसले ११ बुँदे सहमतिको साझा व्याख्या सार्वजनिक गर्न माग गरेको छ ।सहमतिको ६ दिनपछि आज पत्रकार सम्मेलन गरेर कांग्रेसले राष्ट्र बिखण्डनप्रतिको राउतको आकांक्षालाई राज्यले नै बैधानिकता दिएको दाबी गरेको हो ।
पार्टी कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले सरकार षड्यन्त्रमा फसेको हो वा सरकार स्वयं राष्ट्रघाती षड्यन्त्रमा सहभागी भएको हो भन्ने प्रश्न उब्जिएको बताउनुभएको छ । जन अभिमतमा आधारित लोकतान्त्रिक विधि भन्नाले जनमत संग्रहकै अर्थ लाग्ने प्रवक्ता शर्माले बताउनुभउो ।
सिके राउतले जनमत संग्रह गर्न सरकार सहमत भएको भनी ब्याख्या गरेको ५ दिन भइसकेको र जनकपुरमा स्वतन्त्र मधेसको ब्यानरसहित प्रदर्शन भएको तीन दिन बित्दासमेत सरकारले सामान्य प्रतिक्रिया जनाउनु रहस्यमय भएको कांग्रेसले बताएको छ ।