राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन १५ गते ताप्लेजुङबाट सुरु गरेको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा काठमाडौं पुगेको छ । पूर्वको ताप्लेजुङबाट सुरु भएको यात्रा सुदूरपश्चिम सम्म पुगेर काठमाडौं फर्किएको हो ।
यात्राका क्रममा ३७ जिल्लामा दुई हजार ८ सय १० किलोमिटर यात्रा गरेको र साना ठूला गरी १ सय ५२ सभा भएको राप्रपाले जनाएको छ । राप्रपाले मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको समापन कलश यात्रा सहित चैत १ गते भृकुटीमण्डपमा गर्ने तयारी गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
फागुन ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदे मागपत्र बुझाएर राप्रपाले आन्दोलनको कार्यक्रम सुरु गरेको थियो ।