नेपाली काङग्रेस केन्द्रिय सदस्य एवं पुर्व मन्त्री गगन थापाले, नेकपाले सरकार चलाउन नसकेको बताउनु भएको छ । अर्घाखाचीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दे नेता थापाले व्याक्ति हत्या, क्रान्ती नभई अपराध भएको बताउनु भयो । नेपाली काङग्रेस जनता प्रतिको कर्तव्य पुरा गर्ने पाटी भएको बताउनु भयो । नेपालमा इतिहासमै पहिलो पटक कम्युनिष्टको सरकारको पालामा उधोग व्यावसायी व्याजका कारण सडकमा आएको बताउनु भयो । प्रधानमन्त्रीले जनता सँग जोडिएको आधारभुत बिषयलाई महत्व नदिई, महत्वकांक्षी रेल, पानीजहाज जस्ता बिषयलाई समृद्दीको नारा सँग जोडेर अलमलाएको बताउनु भयो । पछिल्ला घटना क्रममा प्रधानमन्त्रीले अपरिपक्कता देखाउदै हलका टिप्पणी गर्ने गरेको बताउनु भयो । देशको ढुकुटी रेमिटान्सले भरेको बताउदै, समृद्दि नारामा मात्रै सिमित भएको छ, नेकपाले संख्या पायो सरकार चलाउन सकेन मौका गुमायो भन्नु भयो । नेपाली काङग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले, सरकारले २ तिहाइको बहुमतको दुरुपयोग गरेको बताउनु भयो । संबैधानिक अंगलाई तर्साएर राखेको बताउनु भयो । सदनमा प्रधानमन्त्रीलाई सत्य बताउन कठघारामा उभ्याउन नेपाली काङग्रेसले आफना सांसदलाई निर्देशन दिने बताउदै सरकारले सत्य लुुकाएको सत्य वाहिर ल्याउन सदन देखि सडक सम्म आन्दोलन गर्ने बताउनु भयो ।
नेपाली काङग्रेसका सबैले व्याक्ति छोडेर काङग्रेसलाई समात्न निर्देशन दिनु भयो । पार्टी सुधारर्दै देशलाई बचाउने बताउनु भयो । बिप्लब नेकपाको समस्या नियतवस समाधान नगरिएको सि के राउत सँगको सहमती पछि देशमा विकास , शान्ती, समग्र देश सुरक्षित नभएको बताउनु भयोे । कार्यक्रममा नेपाली काङग्रेसका केन्द्रिय सदस्यहरु गुल्मीका सभापती भुवन श्रेष्ठ, अर्घाखाचीका साभापती बिष्णु खनाल मुस्कान, छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ खनाल, गुल्मी दरवार गाउँपालिकाका अध्यक्ष अशोक थापा लगायतको सहभागीता रहेको थियो ।