सरकारले ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका अपराधिक कृयाकलाप तथा गतिबिधिमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै सो पार्टीमा जिल्लास्तरीय नेताहरु सार्बजनिक स्थलमा देखिन छाडेका छन ।
मन्त्रिपरिषदको बैठकले ‘विप्लव’ समूहलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
विप्लव समुहले यसअघि नै कपिलवस्तुको शिवराज नगरपालिकाको सुन्दरनगरमा भएको घटना र बिभिन्न स्थानबाट कार्यकर्ता पक्राउको बिरोधमा अाज बिहिबार नेपाल बन्द आब्हान गरेको छ । वन्दमा सो समुहले गर्न सक्ने क्रियाकलापलाई लिएर प्रहरी प्रशासनले नेताहरुको खोजी गर्ने बुझेपछी बिभिन्न जिल्लाबाट विप्लवका कार्यकर्ता भुमिगत भएका हुन ।
बन्दलाई पुर्ण रुपमा सफल बनाउने तयारी सो समुहले गरेको छ ।
बिप्लवका नेताहरुले पार्टीले आब्हान गरेको बन्द सफल पारी सरकारलाई दवाव दिन आम जनतासंग अपिल समेत गरेका छन ।
वन्दलाई लक्ष्यित गरी सरकारले सुरक्षा व्यवस्था कडा बनाएको छ ।