प्रदेश नम्वर ५ को सरकारले अगाडी सारेको उत्पादनमा सहयोग पुर्याउन स्मार्ट कृषि गाउ कार्यक्रमका लागि प्रदेशका ५२ वटा गाउ छनौट कार्यसम्पन्न भएको छ । प्रदेशका १२ जिल्लामा ५२ वटा गाउ प्रदेश सांसदहरुको सिफारिसमा प्रदेशको भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आवश्यक अध्ययन पछि छनौट गरेको हो । प्रदेश सरकारले वनानएको मापदण्डमा एउटा गाउमा कम्तीमा ५० घर हुनुपर्ने , तराइमा ५० विगाहा तथा पहाडमा २ सय ५० रोपनी जग्गा हुनुपर्ने गरी मापदण्ड बनाइएको र ती मापदण्ड पुरा भएका गाउहरु छनौट भएको वरिष्ठ कृषि विकास अधिकृत विनोद घिमिरेले जानकारी दिनुभयो । छनौट भएका गाउमा बढीमा २ वटा बाली तथा वस्तु पशुपालनलाई प्रथामिकतामा राख्नुपर्ने ब्यवस्था गरिएको छ । पशुपालन गरेपनि दुइ थरी र खेती गर्ने हो भने पनि २ वटा बालिलाई उच्च प्रथामिकता दिएर काम गर्नुपर्ने मापदण्ड रहेको छ ।
बजेट २६ करोड
एउटा गाउलाई ५० लाख बजेट उपलब्ध गराउने गरी २६ वटा गाउका लागि प्रदेश सरकारले २६ करोड बजेट छुट्टाएको छ । छनौट भएका गाउका किसानलाई प्रदेश सरकारले ५० लाख उपलब्ध गराउने र सो बजेटमा किसानहरुले थप १० लाख लगानी गरेर कृषि गर्न सक्ने ब्यवस्था गरिएको छ । छनौट भएका गाउहरुमा १० लाख थप गरेर कार्यक्रम बनाउन किसानहरु योजना निर्माणमा ब्यस्त रहेका छन । यस वर्षका लागि २६ करोड बजेट छुट्टाएको प्रदेश सरकारले यो कार्यक्रम आगामी चार वर्षसम्म निरन्तरता दिने बताएको छ ।
स्मार्ट कृषि गाउ कार्यक्रम रुपन्देहीको देवदह नगरपालिकाबाट शुभारम्भ गरिएको थियो । हाल छनौट भएका गाउहरुमा यो कार्यक्रम शुरु गर्न आवश्यक योजना निर्माणमा किसानहरु जुटेको वरिष्ठ कृषि विकास अधिकृत विनोद घिमिरेले बताउनु भयो ।
छनौटमा परेका गाउहरु
अर्घाखाँचीमा – मालारानी गा पा ७ बामरुक र पाणिनी गा पा ६, धातिवाङ
गुल्मीमा – सत्यवती गा पा ३ ठुलोलुम्पेक , रेसुङ्गा न पा ११ राङ्गबास, इस्मा गाꓸपा २ छल्दी र धूर्कोट गा पा ६ किमुखर्क, कमेरेपानी, लाहाटा, बेलटारी
पाल्पामा – रामपुर नꓸ पा १० हेकलाङ, रम्भा गाꓸपा १ हुंगी ,तानसेन न पा १४ अर्गली र तिनाउ गाँउपलिका २ झ्याङला दोभान
प्यूठानमा – सरुमारानी गा पा १ ओङलेनि र प्यूठान न पा ९, मरन्ठाना, बुढादेवी
दाङमा – गढवा गा पा २ घुस्रा,लमही न पा ९ हर्दवा,वंगलाचुली गाꓸपा ६ रिभानटोल,घोराही उमनपा ८ र १० स्यानीगाँउ धोवघाट पोखरी क्षेत्र, तुलसीपुर उमनपा१४ लुहाडवरा मटेरा र शान्तिनगर न पा ७, वुढाडावर दुविचौर
रोल्पामा – सुनिल स्मृती गांउपालिका १ घोंडागांउ र गँगादिप गा पा २ र ३, जिनावाङ्
पूर्वी रुकुममा – भुमे गाꓸपा १ लुकुम र सिस्ने गाꓸपा ७र ८, स्यालापाखा, भिमखोला, लम्थाकोट
बाँकेमा – राप्ति सोनारी गाꓸपा ७, फत्तेपुर सर्री ,कोहलपुर १३, खड्कवार, डुडुवा गा पा ३ हलबलडोली र हलकारापुरुवा , नेपालगन्ज उप म न पा १२, वेलासपुर, करमोहना, वैजनाथ गाꓸपा ४ तिलकपुर नउलापुर, खजुरा गाꓸपा २ सितापुर
बर्दियामा – वडैयाताल गाꓸपा ७ वकोटिया दाङ्पुर, गुलरिया नꓸपा ४ तुल्सिपुर, मधुवन न पा ०८, शिवनगर र राजापुर नꓸपाꓸ ५ ꓹ मुखियाजयपुर
रुपन्देहीमा – देवदह न पा ९,घोडाहा बुद्धनगर,ओमसतिया गांउपालिका ५, तरैनी ,तिलोत्तमा ६, पौनी, सैनामैना न पा ३, गंगानगर र पूर्वि गंगानगर टोल,तिलोत्तमा १४, मंगलपुर ,सियारी गा पा १ र ३ भगदरीꓹ, सितापुर र लक्ष्मीपुर ,मर्चावारी गा पा १, हरिनगाडे ,मर्चावारी गा पा ६, बगौली, सैनामैना न।पा। ११,सालझन्डी र लुम्विनी साँस्कृतिक न।पा। ९, सुनबर्षा
नवलपरासीमा – बर्दघाट न पा १३, धनेवा ,प्रतापपुर गा पा ८, पिपरपाती ,सरवाल गा पा २, मगरमुढा, पटखौली, अत्रहरी र रामग्राम न पा १५,शुक्रौलि
कपिलबस्तुमा – वाणगंगा न पा ९, जिनुवा, ब्रदह्वा ,मायादेवी ७ꓹ लालपुर बनकसिहा ,महाराजगंज न पा १०, हर्दौना