मृगौला रोग कसरी रोगथाम गर्ने ?

मृगौला रोगको रोकथाम भनेको यो रोग लाग्नै नदिनु हो । यसको लागि मुगौलाको नियमित जाँच गराउनु पर्दछ ।यदि बेलैमा थाहा भएमा मुगौला बिग्रिनलाई लामो समय सम्म रोक्न सकिन्छ ।

मधुमेह र उच्चरक्तचाप छ भने यस बाट पनि समयमै बच्नु पर्छ । यी दुई रोगहरु मृगौला रोगको प्रमुख कारण हुनत्यसकारण यसबाट बच्न पनि हामीले समय समयमा रक्तचाप जाँच गर्ने ब्यायाम गर्ने , औषधी खाएर सुगर प्रेसरनियन्त्रण गर्ने यस्तो गरेमा मुगौलालाई लामो समय सम्म बचाउन सकिन्छ ।

के तपाईलाई चिनी रोग वा रक्तचापको समस्या छ ? कहिले देखि यी रोगहरुबाट ग्रस्त हुनुहुन्छ ? के तपाईको चिनीरोग वा उच्च रक्तचाप नियन्त्रणमा छ ? यदि नियन्त्रणमा छैन भने तपाईको मृगौला बिग्रन सक्छ । तपाईकोपरिवारमा कसैलाई यस्तो रोग लाग्नबाट बच्नु होस र बचाँउनुहोस ।

नियमीत जाँच गर्ने

प्रत्येक बर्ष आफ्नो डाक्टर कहाँ जाँच गराउने

  • पिसाबमा धेरै मात्रामा प्रोटिन, ग्लुकोज वा रगत गएको छ कि भनेर पिसाबको जाँचका लागि सोध्ने ।
  • ब्लड प्रेसर जाँच गराउने तपाइँको उच्चरक्त चाप छ कि भनेर ।
  • खाली पेटको सुगर हेर्न लाउने यदि तपाइँको रगतमा सुगरको मात्रा बढी छ की

मधुमेह नियन्त्रण

यदि तपाईलाई मधुमेह छ भने तपाई आफ्नो डाक्टर को सल्लाहमा मधुमेह रोग नियन्त्रण गर्नु पर्छ । यसको लागिखाने कुरामा ध्यान पु«–याउने साथै ब्यायम गर्ने, सुगर जाँच गर्ने र औषधीले सुगरलाई नियन्त्रण गर्ने र मृगौलाकोकाम गर्ने क्षमता बचाई राख्न मद्दत गर्दछ ।

उच्चरक्तचाप नियन्त्रण

यदि तपाईलाई उच्चरक्तचाप छ भने तपाई आफ्नो डाक्टरको सल्लाह अनुसार यसलाई नियन्त्रणमा राख्नुपर्छ । यसकालागि नियमित ब्यायम, खाने कुरामा नियन्त्रण, साथै औषधी खाएर नियन्त्रण गर्न मद्दत गर्दछ ।

मुगौला रोग विशेषज्ञ सित सल्लाह गर्ने:

यदि तपाईको मृगौलाको काम गर्ने क्षमता पहिला देखिनै कम भई सकेको छ वा तपाईको डाक्टरले तपाईको मुगौलाबिग्रिनै लागेको छ भनेमा मुगौला रोग बिशेषज्ञलाई भेट्नु पर्दछ । मुगौला रोग विशेषज्ञले केहि उपयुक्त जाँच गरेरतपाईको मुगौलाको अवस्थाको बारेमा जानकारी गराउँदछ । जसले गर्दा मुगौला लामो समय सम्म बिग्रन दिदैन ।