प्रदेश नम्वर ५ का सामाजिक बिकास मन्त्री शुदर्शन बरालले अस्पतालले न्युन शुल्क लिएर भएपनि गुणस्तरीय सेवा दिनुपर्ने वताउनु भएको छ ।
प्रदेश स्तरीय अस्पतालको चौमासिक समिक्षा गोष्ठी उद्घाटन कार्यक्रममा बोल्दै उहाले सस्तो लोकप्रियताको लागी निशुल्क भन्ने तर त्यो सेवाको अर्थ नभएपछि के को निशुल्क भनेर प्रचार गर्ने अस्पतालले निशुल्क होईन न्युन शुल्कमा राम्रो सेवा दिनु पर्छ भन्नुभयो ।
उहाले स्वास्थ्य निर्देशनालय देखी सबै क्षेत्रमा कर्मचारी अभाब रहेको बताउनु भयो । कर्मचारी समायोजन पछि कर्मचारीको समस्या समाधान हुने बताउदै मन्त्री बरालले यो बर्ष नयाँ भएकोले केही समस्या भएको हुन सक्छ तर अर्को बर्षदेखी समस्याहुदैन भन्नुभयो ।
गोष्ठीमा सामाजिक बिकास मन्त्रालयका सचिब कृष्ण प्रसाद ज्ञाबलीले जनशक्तीको अभाबले काममा समस्या भएको वताउनु भयो । सचिब ज्ञवालीले भन्नुभयो संघमा चाहिने कर्मचारी प्रदेशमा छन प्रदेशमा चाहिने कर्मचारी संघमा छन, यस्तो अबस्थामा कामगर्न समस्या छ ।
स्वास्थ्य महाशाखा प्रमुख डा उमाशंकर चौधरीले एकल प्रयासबाट केहि सम्भब नभएकोले सामुहिक प्रयासले नै भएको समस्या समाधान गर्न सकिने बताउनु भयो ।
स्वास्थ्य निर्देशनालय प्रदेश नं ५का प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक दिनेश कुमार चापागाईले बजेट भएपनि खर्चगर्न समस्या भएको बताउनु भयो । गोष्ठिमा प्रदेश ५ प्रदेशअन्र्तगत रहेका अस्पतालका प्रमुखहरुको सहभागि रहेको थियो ।