चन्द्रकोट क्यामपस गुल्मीको १० औ बार्षिक उत्सव सम्पन्न भएको छ । बार्सिक उत्सबको अबसरमा पुर्ब मन्त्री तथा राष्ट्रिय सभा सदस्य जितेन्द्र नारायण देवले आफू मन्त्री हुदा २५/५० करोड हामी तपाईलाई दिन्छौ , प्राधिकरण तथा संस्थानहरुका GM / DG नियुक्त गर्ने जिम्मा हामिलाई दिनुस भन्दै आएको बताउनुभयो ।
नेपालमा जुन पार्टीको सरकार बने पनि त्यो सरकार र मन्त्रालयहरु माफियाको चङ्गुलमा फस्ने उहाँले बताउनुभयो । अहिलेको सरकार पनि माफियाको चङ्गुलमा फसेको हुनसक्छ ,उहाँले भन्नू भयो ।
गुल्मीको चन्द्रकोट गाउपालिका शान्तिपुरमा अबस्थित चन्द्रकोट क्याम्पसको बार्षिक उत्सब समारोहमा उहाले सो कुरा बताउनु भएको हो । जितेन्द्र नारायण देव पुर्व पर्यटन मन्त्री हुनुहुन्छ । उहाले चन्द्रकोट क्याम्पसको भवन निर्माणमा महत्वोपुर्ण योगदान गर्नुभएको थियो ।