मेलम्ची खानेपानी आयोजनाबाट इटालियन कम्पनी सिएमसी भागेपछि त्यहाँ कार्यरत ७ सय मजदुर बिचल्लीमा परेका छन् । मजदूरहरुले ८ महिनादेखि पारिश्रमिक पाउन सकेका छैनन् । मेलम्ची आयोजनाबाट इटालियन ठेकेदार भागेपछि मजदुर मात्र होइन, आयोजनाका लागि सामान ढुवानी गर्नेहरु पनि अहिले मारमा परेका छन् ।
मजदूरी गरेको पाँच महिनाको तलब नदिई कम्पनीले ठेक्का रद्द गरेर भागेपछि पारिश्रमिक कसरी लिने भन्ने चिन्ता बढेको स्थानीय पूर्णबहादुर लामिछानेले बताउनुभयो । उहाँको समुहमा काम गर्ने १२ जनासहित कम्पनीले आयोजनाको काममा लगाएका झण्डै सात सय स्थानीय मजदुरले कम्पनीसँग दुईदेखि आठ महिनासम्मको भुक्तानी लिन बाँकी रहेको लामिछाने बताउनुभयो ।
ठेकेदार कम्पनीले पारिश्रमिक नदिई भागेपछि पारिश्रमिक दिलाउने जिम्मा मेलम्ची आयोजनाले लिनुपर्ने माग मजदुरहरुले गरेका छन् ।