दोलखामा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। दोलखाको लामाबगर स्थित सिनो हाइड्रो कम्पनीको बा ४ ख ४५७३ नम्बरको भाडाको बस बिहान करिब पौने ८ बजे तिर दुर्घटना भएको हो ।
मृत्यु हुनेमा सुर्खेत चौकुने गाउँपालिका ३ का दिनेश थापा र लमजुङ मर्स्याङ्दी गाउँपालिका ३ का हिराप्रसाद मिजार छन्। दुर्घटनामा २५ जना घाइते भएको प्रहरीको भनाइ छ।