गुल्मी जिल्लाको पहिचान बोकेको रमाइलो रोइला गित “गुल्मी” बोलको आज एक कार्यक्र गरि सार्बजनिक भएको छ ।
बुटवलमा आज सम्पन्न एक कार्यक्रमका बीच प्रदेश न ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले क्लिक गर्दै युट्युबमा गीत रिलिज गरेका हुन् । “गुल्मी” बोलको रोइला भाकाले समग्र गुल्मीको पहिचानको रुपमा हेरिएको छ । “लोक भाका तथा दोहोरीले समग्र देशको बिकाश र समाजको दर्पणको रुपमा काम गर्ने भएकाले जनतालाई सुसुचित गर्ने र समाजलाई सकारात्मक दिशामा अघि बढाउने खालको संगीत रचना गर्न मन्त्री बरालको सुझाव दिएका छन ।” गित बिमोचन कार्यक्रममा बोल्दै उनले “देशको पर्यटकिय धार्मिक तथा सास्कृतिक परम्पराको चिनारी दिने खालका गीतले समाज परिवर्ननमा ठुलो भूमिका खेल्ने बताए ।”
आकाश दर्पण क्रियशनले बजार व्यावस्थापन गरेको गितमा गुल्मेली गायक दीपक परियार र स्वस्तिका पन्थको आवाज रहेको छ ।प्रेमराज खरेल र दीपक परियारको शब्द सिर्जना रहेको गितमा दिपक परियार स्वयम् ले संगीत भरेको छन, गितमा दिपेश लामाको एरेन्ज रहेको छ । फोर एस मिडियाको निर्माणमा रहेको गीतको म्युजिक भिडियोमा पुजा श्रेष्ठ, सुर्य खड्का, मन्जरी गौतम लगायतका कलाकारहरुको अभिनय रहेको छ । शिव बिकको निर्देशन रहेको गितको म्युजिक भिडियोमा बिजय पोख्ररेलको छायाँकन तथा रबिन बिक र रमेश रसाइलीले गितलाई सम्पादन गरेका हुन् ।
बुटवलमा आज सम्पन्न बिमोचन कार्यक्रममा पत्रकार सुमन श्रेष्ठ , प्रमुख अतिथि प्रदेश न ५ का सामाजिक बिकास मन्त्री माननीय सुदर्शन बराल , गीतकार शिव पी सुबेदी, गायक दिपक परियार ,लगायतले बोलेका थिए । सो बिमोचन कार्यक्रमको संचालन मोहन न्यौपानेले गरेका थिए ।
हेर्नुहोस गितको म्युजिक भिडियो….