छुट अस्थाई करार शिक्षक संघर्ष समिती छत्रकोट गाउँपालिका गुल्मी गठन गरिएको छ ।
आन्तरिक प्रतिसप्रधा बाट २०७२ साल पहिलेका शिक्षक सरह स्थाईको माग राख्दै, २०७२ साल पछिका शिक्षकहरुले छुट अस्थाई करार शिक्षक संघर्ष समिती गठन गरेका हुन ।
नव गठित समितिमा डम्बर के शी अध्यक्ष, उषा पौडेल अर्याल उपाध्यक्ष,बिष्णु प्रुासाद ज्ञावाली सचिब, तारा न्यौपाने कोषाध्यक्ष रहेको ३२ सदस्य चयन गरिएको छ । छत्रकोट गाउँपालिकामा ४० जना र देश भरि १३ हजार २०७२ साल पछिका अस्थाई करार शिक्षक कार्यरत छन । सरकारले २०७२ साल पहिलेका अस्थाई करार शिक्षकका माग सम्बोधन गरेको छ । कार्यक्रम कमल पौडेलको संयोजकत्वमा समपन्न भएको थियो ।