अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर दुई पोखराथोकमा गाउँपालिकाकै पहिलो हेलीप्याड बनेको छ । प्रहरी चौकी खिदिम, पोखराथोकको भवन नजिकै बन्दै गरेको हेलीप्याडको गाउँपालिका अध्यक्ष अच्युत गौतम, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने लगाएतले अनुगमन गरेका छन् । पाणिनी गाउँपालिका भित्र जनता अकस्मात विरामी हुदाँ, सुरक्षाकर्मीका हेलीकप्टरहरु आवश्यकता अनुसार ल्यान्ड गर्नका लागी हेलीप्याड बनेसँगै सहज भएको छ ।
पाणिनी गाउँपालिकाको केन्द्र दुर्गाफाटबाट ६ किलोमिटरको यात्रा पछि हेलीप्याड बनेको स्थलमा पुगन सकिन्छ । आवश्यकता अनुसार जनतालाई सहज हुने गरी पाणिनी गाउँपालिकाका अन्य वडाहरुमा पनि आगामी दिनमा हेलीप्याड निमार्ण गर्ने तयारीमा गाउँपालिका रहेको अध्यक्ष गौतमले जानकारी दिए ।