“नेपाली गित सँगितको बजार धरासायी बनेको छ , जति लगानी गरे पनि लगानी उठाउन एकदमै गाह्रो छ” कतिपय सर्जकले भनिरहदा, यता केही सर्जकहरुले भने गित सँगितको क्षेत्रमा झन ठूलो बजेट र परक प्रयोग गर्दे आईरहेका छन । नेपाली दर्शक श्रोताहरुको लागि कतिपय फरक स्वादका गित सँगितहरु पस्कदा धेरै लोक दोहोरीहरुले राम्रै साथ पनि पाएको छन । फरक बिषय बस्तु , परक चरित्रको लोकदोहोरी पस्कने होडबाजी चलिरहदा भर्खर मात्र सुटिङका केही तस्बिरहरु सार्बजनिक हुदा नै धेरै लोक गित पे्रमीहरुको ध्यान तानेको “बलिदान” बोलको गीतको फस्ट लुक (पोस्टर) सार्बजनिक भएको छ । यो गितमा नेपाली लोकदोहोरीकै क्षेत्रमा पहिलो पटक भिडियोमा हेलिकप्टर प्रयोग गरिएको छ । गीतको सुटिङ हुन नै करिब ५ दिन लागेको, यसैले गर्दा पनि यो गीतको निर्माण बजेट ५ लाख भन्दा धेरै लागेको निर्माण यु टिनले जानकारी दिएको छ । योग्सना डिजिटल प्रा. लीको प्रस्तुती रहेको यो गीतमा अहिलेको बहुचर्चित तथा मङ्गी गायीका बिष्णु माझी र गणेश अधिकारीको स्वर रहेको छ, उत्कृष्ट लय तथा शब्द सिर्जना पनि अधिकारी आफैले सिर्जना गरेका छन । अधिकारीको यो भन्दा पहिले आशुको कारखाना, नलाउ झुटो पिरती, एउटा कुरा सोध्न मन थियो, घमण्ड पिडाको राजधानी, अभाव लगायत थुप्रै गित लोकदोहोरी गितहरु लोक प्रिय र चर्चित छन । बहुप्रतिक्षित मानिएको “बलिदान” गीतको म्युजिक भिडियोमा अहिलेका चर्चित मोडल बिमल अधिकारी सारिका के सी ओवी रायमाझी लगाएतको अभिनय रहेको छ । सुरेश श्रेष्ठको छायाँकन सुजन शाहीको सम्पादन रहेको गीतको म्युजिक भिडयोमा कपिल लामाको निर्देशन रहेको छ । अब छिटै बजारमा आउन लागेको यो गीतको सम्पुर्ण टिमलाई धेरै भन्दा धेरै शुभकामना…