छत्रकोट गाउँपालिका गुल्मीले वडा नं १ हुगा र वडा न २ पल्लिकोटमा सरसफाई सम्बन्धि कार्यक्रम गरेको छ । व्यक्तिगत तथा सार्वजनिक स्थलको सरसफाईको सचेतनाको लागि कार्यक्रम गरिएको हो । कार्यक्रममा स्थानिय बिध्यालयका बिध्यार्थीहरुले र्याली निकालिएको थियो । कार्यक्रमको समापन वडा न १ ठुलापोखरीमा गरिएको थियो । कार्यक्रमको अध्यक्षता यमलाल भण्डारीले गर्नु भएको थियो । कार्यक्रममा शिक्षा शाखा प्रमुख बिष्णु प्रसाद ज्ञवाली प्रमुख अतिथि हुनु हुन्थ्यो । कार्यक्रममा जनजागृती माबिका प्रअ कमला भण्डारीले स्वागत गर्नु भएको थियो । सरसफाईका बारेमा सरसफाइ समितीकका सचिव मार्कण्ड भण्डारी भेडुवा श्रृङगा सरसफाईका समितीका अध्यक्ष धातानन्द भुषाल स्वास्थ्य शाखा प्रमुख पुण्य पौडेल, वडा अध्यक्ष धातानन्द भण्डारी वडा न २ का अध्यक्ष रुक बहादुर रास्कोटी लगायतले बोल्नु भएको थियो । कार्यक्रमको सहजिकरण सिअहेब श्याम सुन्दर पोख्रेलले गर्नु र्भको थियो ।