प्रधानमन्त्री केपी शर्मा ओली यही चैत्र ८ गते रुपन्देही आउनु हुने भएको छ । नेपाल सरकारले तिलोत्तमा नगरपालिकामा स्थापना गर्न लागेको मेडिकल कलेज र बुटवल नारायणघाट सडक स्तरोन्तीको शुभारम्भ गर्न प्रधानमन्त्री ओली चैत्र ८ गते रुपन्देही आउने कार्यक्रम तय भएको तिलोत्तमा नगरपालिकाका प्रमुख तथा नेकपाका नेता बासुदेव घिमिरेले जानकारी दिनुभयो ।प्रधानमन्त्री ओलीले बिहान ११ बजे मेडिकल कलेजको कार्यालयको उदघाटन गर्ने र त्यसपछी बुटवलको राजमार्ग चौराहाबाट बुटवल नारायणघाटलाई ४ लेण्ड बनाउने कार्यको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।
तिलोत्तमाको शंकरनगर सामुदायिक वन र करहीया सामुदायिक वनको करिव २ सय बिगाहा क्षेत्रफलमा सरकारले मेडिकल कलेज स्थापना गर्ने निणर्य गरेको छ । केही दिन अघि बसेको मन्त्रिपरिषदको बैठकले तिलोत्तमा सहित महोत्तरीको बर्दिवास र सुर्खेतमा सरकारी मेडिकल कलेज स्थापना गर्न ९ जना कर्मचारीको दरबन्दी कायम गर्ने र अहिलेलाई १० करोड रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको थियो ।
सरकारले बजेट सहित कर्मचारीको व्यवस्था गरेपछी तिलोत्तमाको नयाँमिलदेखि पुर्वपट्टीको एउटा घर कार्यालय सञ्चालनका लागि भाडामा लिईसकिएको छ । नेपाल सरकारले आर्थिक वर्ष २०७३÷७४ को बजेटमा रुपन्देहीमा सरकारीस्तरको मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्न बजेट समेत बिनियोजन गरेको थियो । त्यति बेला हालका प्रतिनिधि सभा सदस्य तथा नेकपा महासचिव बिष्णु पौडेल अर्थमन्त्रि हुनुहुन्थ्यो । त्यसलगत्तै कलेज निर्माणका लागि वरिष्ठ चिकित्सक प्राध्यापक डा।सरोज प्रसाद ओझा संयोजक रहेको प्रारम्भिक समिति गठन गरीएको थियो । २०७३ असार २७ गते गठित समितिले तिलोत्तमा नगरपालिकाको प्रस्ताबित क्षेत्र उपयुक्त हुने प्रसताव प्रतिवेदन दिएपछी सोही वर्ष साउन १२ गतेको मन्त्रीपरिषदको बैठकले शंकरनगर र करहिया सामुदायिक वनले चर्चेको मध्ये २०० बिघा जमिन उपयोग गर्न स्विकृती दिने निर्णय गरेको थियो ।