प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले बारा र पर्सामा आएको आँधी- हुरीमा परेकाहरुको उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
आइतबार साँझ आएको आँधी हुरी, असिना पानीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सभामुख महराले घाइतेको उपचारमा कुनै कमी हुन नदिने सरकारलाई अनुरोध गरेका छन् ।
साथै राहतको कार्यक्रम प्रभावकारी र व्यबस्थितरुपमा अघि बढाउन सभामुख महराले सरकार र सरोकारवाला निकायहरुको ध्यानाकर्षण गरेका छन् ।