सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले हावाहुरी प्रभावितहरुको राहतमा कुनै कमी हुन नदिन सरकारलाई आग्रह गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै थप उद्दार, पीडितहरुको राहत र क्षतिपूर्तिका साथै घाइतेहरुको उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह गर्नुभएको हो ।