पाल्पाको रामपुरमा बाटो खन्ने क्रममा खसेको पहिरोमा पुरिदाँ सोमबार एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाँके जिल्ला बागेश्वरी गाउँपालिका–४ का ४३ वर्षीय भकबहादुर थापा रहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी प्रमुख भुपालसिंह रानाले जानकारी दिनुभयो।
कालिगण्डकी करिडोर अन्तर्गत बाटो खन्ने क्रममा माथिबाट खसेको पहिरोले पुरिएर घाइते भएका थापाको उपचारका लागि रामपुर अस्पतालमा लैजाने क्रममा बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ।