अटिजम पाठशाला रुरु गाउँपालिका रिडी गुल्मीले, विश्व अटिजम सचेतना दिवस मनाएको छ। दिवसका अवसरमा कार्यक्रमका प्रमुख अतिथी प्रदेश सांसद कमलराज श्रेष्ठले पाठशाला नमुनाको रुपमा अगाडी बढ्नु पर्नै बताउनु भयो।
रुरु क्षेत्रको गुरुयोजना अटिजमपाठशाला लाई पनि समाबेश गरेर औपचारिक बिद्यालयकै रुपमा अगाडी बढाउनुु पर्ने बताउनु भयो ।पाठशालाको लागि केन्द्रिय निति देखि भवन निर्माणको लागि आगामी बजेटमा प्रदेशको ध्यानआकर्षण गराउने बताउनु भयो।
रुरु गाउँपालिका अध्यक्ष निलकण्ठ गौतमले अटिजम पाठशालाको लागि आवश्यक सहयोग गाउँपालिकाले गर्ने बताउदै यसलाई अभियानको रुपमा अगाडी बढाउने बताउनु भयो।छत्रकोट गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थले पाठशालालाइ गाउँपालिकाको तर्फबाट सात थान टेवुल र सात थान कुर्चि उपलब्ध गराउने प्रतिबद्दता जनाउदै,आवश्यकताले संस्था जन्मिएकोले सबै जुटेर अगाडी बढ्नुपर्ने बताउनु भयो।
जिल्ला समन्वय समिती उपाअध्यक्ष तुलसी श्रेष्ठले अटिजमका बारेमा प्रयाप्त सुचना प्रवाहमा जिल्ला नेतृत्वमा पहल गर्ने बताउनु भयो । वडा न. ३ का वडा अध्यक्ष शेषनारायण पौडेलले पाठशाला सहजकर्ता तत्काल आवश्यक रहेको बताउनु भयो ।वडा न. २ का वडा अध्यक्ष घनश्याम अर्यालले आवश्यक सहयोगको लागि तयार रहेको प्रतिबद्ता जनाउनु भयो।
रिब्दिकोट गाउँपालिका वडा न. ३ का अध्यक्ष बिष्णु प्रसाद गैरेले गाउँपालिकामा पाठशालाको बिकासको लागि पहल गर्ने बताउनु भयो।कार्यक्रममा पाठशालाकी अध्यक्ष अमृता भण्डारीले आय व्याय र अटिजमका बारेमा प्रकाश पार्नु भएको थियो।
रिडी प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर कपिल गौतमले अटिजम रोग नभइ अपाङ्गता भएको र यसको निवारण सम्भव नभएको तर न्युनिकरण सम्भव भएको बताउनु भयो।अहिले बिश्वमा अटिजमको समस्या बढ्दै गएको छ, एक तथ्याङ्क अनुसार प्रति १० हजार जनसंख्यामा १ जनालाइ अटिजम हुने तथ्याङ्क छ।
अटिजम भएका वालवालिकाको उमेर अनुसारको सबै प्रकारको मानसिक बिकास हुदैन, त्यसै कारण वालवालिका एकहोरो हुने, पुरा नबोल्ने,ढिपि गर्ने मानसिक रोगीको जस्तै व्यावहार गर्ने गर्द छन तर अटिजम मानसिक रोग होइन।
यस्ता वालबालिकाको अभिभावको संरक्षण नभएमा अटिजम पाठशालाले अभिभावकत्व प्रदान गर्ने छ।यस क्षेत्रमा अटिजम भएका धेरै बालबालिका भए पनि उनीहरुको सामाजिक व्यावहारको लागि तालिम तथा दैनिक सिकाउने, अटिजम पाठशाला रुरु गुल्मी एक मात्र संस्था हो।
दिवसका अवसरमा कार्यक्रममा गाउँपालिका अपाअध्यक्ष एवं पाठशालाकी सदस्य लक्ष्मी पन्थले स्वागत गर्नु भएको थियो।कार्यक्रमको सहजिकरण गोपि प्रसाद भण्डारीले गर्नु भएको थियो। पाठशालालाइ चन्द्रमणी भण्डारीले करिब ५ आना जग्गा प्रदान गर्नु भएको छ।