स्याङ्जाका एक व्यक्तिको पाल्पामा उपचारको क्रममा मृत्यु भएको छ । स्याङ्जा को कालीगण्डकी गाँउपालिका ६ रिपमा रहेको आँधीखोलामा माछा मार्ने क्रममा घाइते भएका सोहि ठाउका २० वर्षीय पारस बराल को उपचारका क्रममा ज्यान गएको हो।
५ जनाको समूहमा माछा मार्न गएकामध्ये बराल विस्फोटक पदार्थ पड्किएर घाइते भएका थिए । उनको पाल्पाको युनाइटेट मिसन अस्पतालमा मृत्यु भएको प्रहरिले जनाएको छ । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।