रामकृष्ण कडेल चैत २१ गुल्मी
स्वास्थ्य मन्त्रालय अन्तरगत गुल्मी जिल्लाका बिभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत चौथो तहका स्वास्थ्य कर्मीहरुले प्रस्ताबित संघिय निजामती ऐन २०७५ ले आफूहरुको अधिकार कटौती गरेको भन्दै पुनरावलोकन गर्न आग्रह गरेका छन् ।
कर्मचारीले यस अगाडी स्वास्थ्य सेवा ऐन २०५३ अनुसार नै पाउदै आएको सेवा सुबिधा अब आउने संघिय निजामती सेवा ऐनले कटौती गर्ने देखिएकाले पुरानै ऐन तथा सेवा प्रवेश गर्दाको ऐन अनुसारको सेवा सुबिधा सुनिश्चित गर्न माग गर्दै गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल र जिल्ला स्वास्थ्य कार्यलय गुल्मीका प्रमुख दिपक खनाललाई ज्ञापन पत्र बुझाईएको स्वास्थ्य कर्मी चौथो तह समुह गुल्मीका संयोजक राम कृष्ण कंडेलले बताउनुभयो ।
ज्ञापनपत्र बुझदै प्रमुख जिल्ला अधिकारी पौडेल र जिल्ला स्वास्थ्य कार्यालय प्रमुख खनालले ज्ञापनपत्रलाई जस्ताको तस्तै संघिय मामिला तथा स्थानीय बिकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयमा पठाउने जानकारी दिनुभयो । यदि मागहरु संबोधन नभए कडा संघर्षमा जान बाध्य हुने स्वास्थ्य कर्मीहरुले जनाएका छन् ।
यस्तै गुल्मी स्वास्थ्यकर्मी चौथो समुहको गठन पनि गरिएको छ । राम कृष्ण कंडेलको संयोजकत्वमा अर्जुन भट्टराई सहसंयोजक, ठाकुर ज्ञवाली सचिव , मनिषा पन्थी कोषाध्यक्ष र यमकला बिश्वकर्मा सहसचिव रहेको १७ सदस्य समिति रहेको बताईएको छ ।