गुल्मीमा हिजोबाट सुरु भएको प्रथम सांस्कृतिक तथा पर्यटकीय महोत्सब एबम ब्यापार मेलामा आज दास्रोदिन बृत चित्र प्रस्तुत गरिएको छ । गुल्मी चेम्बर अफ कर्मसको आयोजनामा संचालन भैरहेको महोत्सव चैत्र ३० गते सम्म संचालन हुनेछ ।
गुल्मी जिल्ला भित्र रहेका बिभिन्न स्थानका पर्यटकिय महत्व बोकेका स्थानहरुलाई समेटेर तयार पारीएको बृतचित्र आज महोत्सवमा प्रस्तुत गरिएको छ । जिल्लामा रहेका विभिन्न पर्यटकिय स्थलहरुलाई प्रचार प्रसार गरि पर्यटन विकासमा टेवा पुगोस भन्ने लक्ष्य तथा उदेश्यका साथ वृतचित्र तयार गरि प्रस्तुत गरिएको महोत्सव मुल आयोजक समितिका सह–संयोजक नवराज भुसालले बताए ।
वृतचित्रले महोत्सव अबलोकन गर्न आउने आन्तरिक एवं बाश्य पर्यटकहरुलाई गुल्मीमा रहेका पर्यटकिय स्थलहरुलाई पर्यटकहरु माझ जानकारी गराएर पर्यटकहरु भित्राउने लक्षयका साथ बृत चित्र प्रस्तुत तरिएको भुसालले बताए । जिल्लाका कुन स्थानमा कुन पर्यटकिय स्थान रहेको छ र त्यसको महोत्व के छ भन्ने बारेमा जानकारी सहितको बृत चित्र प्रस्तुत गर्न लागिएको भुसालले बताए ।
महोत्सवमा प्रत्येक दिन बृतचित्र मार्फत जिल्लामा रहेका पर्यटकिय स्थलहरुमा जानकारी दिने उदेश्यले बृतचित्र प्रस्तुत गर्न लागिएको भुसालले बताए । बृतचित्र मार्फत गुल्मी जिल्लामा रहेका पर्यटकिय स्थानहरुको जानकारीसँगै ति स्थानहरुको प्रचारप्रसार हुने उदेश्य राखिएको आयोजकले जनाएको छ ।
बृद्धहरुलाई निशुल्क रुपमा प्रबेश दिएर महोत्सव अबलोकन गर्ने व्यवस्था मिलाइएको भुसालले बताए । बिद्यार्थी, अपाङ्ग र एकल महिलाहरुलाई पनि प्रबेश टिकटमा ४० प्रतिशत छुट दिइने भएको छ । महोत्सवमा प्रबेश गर्न प्रतिव्यक्ति ५० रुपैयाको टिकट तय गरिएको छ । छुट अनुसार बिद्यार्थी र, अपाङ्ग, एकल महिलालाई ३० रुपैयाँ लाग्नेछ । प्रथम सांस्कृतिक तथा पर्यटकीय महोत्सब एबम ब्यापार मेलामा २ सय ३० वटा स्टल रहेका छन् ।