प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ६ किलो सुनसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक छन् । हाल उनीहरुको परिचय खुलाइएको छैन ।
पक्राउ परेकाहरु थाइ लाइन एयरको विमानमार्फत बैंकक हुँदै काठमाडौं आएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सन्दिप भण्डारीले बताउन्भयो।
उहाका अनुसार बरामद सुन गहनाको रुपमा ल्याइएको थियो । परीक्षणपछि मात्रै थप प्रष्ट हुने उहा लेबताउन्भयो । जलप लगाएर गरगहनाको रुपमा सुन ल्याइएकाले परीक्षणपछि मात्रै यकिन हुने उहाको भनाइ छ । थप अनुसन्धान जारी छ ।
यसअघि उर्लाबारीका सनम शाक्यको हत्या प्रकरणको अनुसन्धानका क्रममा करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणको फर्दाफास भएसँगै विमानस्थलबाट हुने तस्करीको सेटिङ ध्वस्त भएको सुरक्षा अधिकारीले बताउँदै आएका छन् ।
तर, तस्करी गर्ने समूहले विभिन्न तरिका अपनाएर सुन भित्र्याउने क्रम अझै जारी छ ।