काठमाण्डौं उपत्यका सहित देशभरी कै मौसम बदली भएको छ । पूर्वमा न्यूनचापीय क्षेत्र, पश्चिमी वायु, बंगालको खाडीबाट आएको जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावले देशभरीकै मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशको पुर्वी तथा मध्य भू–भागका केहि स्थानमा, पश्चिमी भु–भागका थोरै स्थानहरुमा मेघ गर्जन साथ हावाहुरी सहित हल्का देखि मध्ययम वर्षाको संभावना रहेको विभागको भनाई छ ।
उच्च हिमाली भागका केही स्थानमा पनि हल्का हिमपातको संभावना देखिन्छ । आज र भोलि मौसममा समस्या देखिएपछि पर्सी आइतबारदेखि भने मौसममा केहि सुधार हुने विभागले बताएको छ ।