बागलुङको गलकोट नगरपालिकाका नगर उप्रमुख रेनुका काउचा मगरले हाम्रो समाजले महिलाहरुलाई दोस्रो दर्जामा हेरेकोले यो सृष्टीको नभई हेर्ने दृष्टीकोणको कमजोरी रहेको बताउनु भएको छ । महिला जागरण केन्द्र गलकोट नगरपालिका ७ मल्मको सामुदायिक भवनको उदघाटन गर्दै नगर उप प्रमुख काउचाले यस्तो बताउनु भएको हो ।
पछिल्लो समयमा महिला दिदीबहिनीहरुको सामाजिक क्षेत्रमा विकास भईरहेको र अब सिप सॅग जोडिदै आर्थिक समृद्धिमा लाग्नुपर्ने नगर उप्रमुख काउचाको सुझाव थियो । गलकोट नगरपालिका नगरबासी महिलाहरुका समस्या समाधान गर्न सदैव तयार रहेको समेत बताउनु भएको छ ।
सो अवसरमा गलकोट नगरपालिका वडा नं ७ का वडा सदस्य लोक बहादुर थापा, महिला सदस्य लक्ष्मी सार्की, नेपाली कॉग्रेसका वडा सभापति चिरञ्जीवी, राष्ट्रिय जनमोर्चाका वडा कमिटि अध्यक्ष दलबहादुर थापा, घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देश र समाजसेवी राज कुमार दर्जीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
भवन निर्माण भएपछि गलकोट नगरपालिका वडा नं ७ मल्ममा विभिन्न तालिम, गोष्ठी, सभा, बैठक लगायतका विभिन्न कार्,क्रम गर्न सहजता भएको छ केन्द्रले जनाएको छ । सिर्जनशिल महिला जागरण समूहको सकृयता र तत्कालिन मल्म गाविसको अनुदान, स्थानियबासीको आर्थिक सहयोगमा तल्लो सिरबारेमा उक्त सामुदायिक भवन निर्माण भएको थियो ।
सामुदायिक भवन उदघान समारोहमा संस्थाका कोषाध्यक्ष मीरा खडकाले नगद रु ६ लाख ५३ हजार ५ सय १६ रुपैयाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । महिला जागरण केन्द्र गलकोट नगरपालिका ७ मल्म र सिर्जनशिल महिला जागरण समुह आॅगाखेतको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रम केन्द्रका अध्यक्ष ललिता थापाको अध्यक्षता, उपाध्यक्ष थुमकुमारी थापाको स्वागत मन्तव्य र सचिव सरस्वती थापा केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।