गुल्मीको इस्मा गाउँपालिकाको आयोजनामा अध्यक्ष कप भलिवल प्रतियोगीता चलिरहेको छ । इस्मा गाउँपालिका ३ दर्लामचौरको ठाढुङ्गा माविमा संचालन भएको प्रतियोगीताको प्रदेश नं ५ का सांसद खडग बहादुर केसीले उद्घाटन गर्नुभएको छ । प्रतियोगीताको उद्घाटन गर्दै सांसद केसीले खेल क्षेत्र र खेलाडीहरुको विकासका लागि प्रदेश सरकार लागि परेको बताउनुभयो ।
खेलाडी उत्पादन गर्न, उनीहरुको वृति विकास गर्नको लागि सवैभन्दा पहिले खेल मैदान आवश्यक भएकाले अहिले खेल मैदान निर्माणको अभियान संचालन भएको केसीले बताउनुभयो । उहाले प्रदेश सरकारबाट इस्मा गाउँपालिका, रेसुङ्गा नगरपालिका र मुसिकोट लगायतका स्थानमा खेल मैदानको लागि बजेट बिनियोजन भएको बताउनुभयो । साथै सांसद केसीले समृद्ध नेपाल निर्माणको अभियानमा राज्यका सवै संयन्त्र प्रयोग भइरहेकाले अबको केहि समयमै परिणाम प्राप्त हुने बताउनुभएको छ ।
प्रतियोगीतामा गाउँपालिका भित्रका वडाहरुबिच प्रतिस्प्रर्धा भइरहेको छ । प्रतियोगीतामा ११ समुहको सहभागीता रहेको गाउँपालिकाका स्रोत व्यक्ति लाल बहादुर कुवंरले बताउनुभयो । प्रतियोगीता चैत्र २५, २६ र २७ गतेसम्म संचालन हुने छ । प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने समुहले ३३ हजार पाँच सय, द्धतिय हुने समुहले २६ हजार सात सय, तृतिय हुनेले २० हजार प्राप्त गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले बताउनुभयो । त्यस्तै अनुशासित र उत्कृष्ट खेलाडीले १५÷१५ सय प्राप्त गर्नेछन् ।
प्रतियोगीताको पहिलो चरणमा वडा नं ३ दर्लाचौर र वडा नं ५ रजस्थलको ए समुहले प्रतिस्प्रर्धा गरेका थिए । जसमा वडा नं ५ रजस्थलको ए समुह बिजयी भएको छ । त्यस्तै वडा नं २ हस्तिचौरको ए समुह र वडा नं ४ दोहलीको बि समुहबिच भएको प्रचिस्प्रर्धामा वडा नं २ हस्तिचौरको ए समुह बिजयी भएको प्रमुख रेफ्रि हुम बहादुर चन्दले बताउनुभयो ।
यसैबिच वडा नं २ हस्तिचौरको बि समुह र वडा नं ६ अमरपुरको ए समुहबिचमा भएको प्रतिस्प्रर्धामा वडा नं ६ अमरपुरको ए समुह बिजयी भएको छ । वडा नं ४ दोहलीको ए समुह र वडा १ हस्तिचौरको ए समुहबिच भएको प्रतिस्प्रर्धामा वडा नं ४ दोहलीको ए समुह बिजयी भएको चन्दले जानकारी दिनुभयो ।