अनिल खत्री गुल्मी
केहि गीत केहि कलाकारहरु यस्ता हुन्छन् जुन कलाकार हेर्न र उनको प्रस्तुति सुन्न दर्शकको भिड लाग्ने गर्दछ । गीतहरु चलेकै कारण कलाकारहरुलाई दर्शककले हेर्न र उनको प्रस्तुति नजिकबाट नियाल्न धेरैको चाहन पनि हुन्छ ।
लोक गीत अन्र्तगत उत्कृष्ट बन्न सफल गीत सालको पात जुन गीत सबैको मनमा र मुखमा गुञ्जीन सफल भएको पनि छ । अहिले त्यो गीत नसुन्ने कमै होलानन् । पछिल्लो समय यता उत्कृष्ट बनेको सालको पात टपरी नहुने सल्लैको बोलको गीत यूटेयावमा मात्रै ४ करोड बढिले हेरि सकेका पनि छन् ।
निकै मन पराइएको गीत जुन गीतले अहिले सबैको मनमा बस्न सफल भएको छ ।
उक्त गीतका गाएक हुन कुलेन्द्र बिश्वकर्मा र बिष्णु माझी भने रचनाकार बसन्त थापा हुन् । यतिबेला उक्त गीतले गायक सर्जक दुबैलाई हाइहाइ बनाएको छ । गीत चलेपछि नेपाल र नेपाल बाहिर हुने मेला महोत्सवमा उक्त गीताका कलाकारहरु पनि व्यस्त छन् । मंगलवार उक्त गीतका गायक बिश्वकर्मालाई दर्शकले एउटै गीतलाई पाँच पटक वढि वान्स मोर भन्दै गाउन लगाए ।
कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै गुल्मीमा चलेको गुल्मी महोत्सवमा लोक दोहोरी गायक बिश्कर्माले एउटै गीत दर्शकको रोजाइमा मात्रै पाँच पटक वढि गाउन बाध्य भए । गीत धेरै चलेपछि उक्त गीतका गायकलाई हेर्न र उनको प्रस्तुति सुन्न महोत्सवको अरु दिन भन्दा वढि मात्रामा दर्शकहरु ओइरिएको थिए ।
त्यसैले पनि दर्शकहरुको समर्थनले उनले एउटै गीत धैरै पटक गाए । गीत गाउदै जाँदा दर्शक हाँ पुगेका गायक बिश्वकर्मालाई दर्शकलले टाका टोपी समेत लगाएर नचाएका थिए । मंगलवारको प्रस्तुतिमा बिश्वकर्मा सहित शोभा त्रिपाठी हास्यकलाकार सन्ध्या बुढा शिलु भट्टराई दिपक परियार टिकाराम पोखरेल लगायतका कलाकारहरुको प्रस्तुति रहेको थियो । बुधबार आज पनि बिभिन्न कलाकारको प्रस्तुति रहनेछ ।
चैत २० गते बाट सुरु भएको गुल्मी महोत्सव चैत ३० गते सोमबार सकिदैँ छ । मेलामा २३० वटा स्टल रहेका छन् । मेलामा प्रत्येक दिन ख्याति प्राप्त राष्ट्रिय,हास्य व्यग्य कलाकारहरुको प्रस्तुति गर्दै आएका छन् ।