हर प्रहर,गाउँ र नगरी,टाेल टाेलमा नेपाल प्रहरी भन्ने नाराका साथ बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानी नव ज्याेति प्राविमा समुदाय – प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ।
ईलाका प्रहरी कार्यालय गलकाेट बागलुङकाे अायाेजनामा स्थानीयतह,विद्यालय,समुदाय,सामाजिक संस्थामा आवद्ध रहेका व्याक्तिहरुलाइ प्रहरी सहायक निरिक्षक अनुप खत्री र प्रहरी जवान रामकृष्ण चालिसेले सवारी साधन,लागु अाैषध,दुर्ववहार,साइभर,इमेल,ईन्टरनेट सम्बन्धि जनचेतनामूलक सुझावहरु दिएका छन्।
उक्त कार्यक्रममा वडा अध्यक्ष तिलक घर्ती,वडा सदस्य धनबहादुर सुनार,गलकाेट नगर शभा सदस्य गनेश सेर्चन,बरिस्ठ समाजसेवी मानसिंह छन्त्याल,पत्रकार सुरेश छन्त्याल,सप्तरङ्गी बचत तथा श्रृण सहकारीका प्रबन्धक दिप घर्ती, नेपाली काग्रेस गाउँ इकाइका सभापति देवराज पुन, पाण्डबखानीका नेकपा प्रतिनिधि खडक श्रीस,क्लबकाप्रतिनिधि,समाजसेवी,बुद्धिजीवी,शिक्षक,शिक्षिका, अामासमुहका प्रतिनिधि लगाएतकाे सहभागीता रहेकाे सहकर्मी सुरेश छन्त्यालले खबर पठाउनु भएको छ।