माधव वेलवासे
चैत्र २८ ,अर्घाखाँची ।
भगवती आधारभुत बिधालय पाणिनी ७ अड्गुरी आरुपाटाको शैक्षिक सत्र २०७५को बार्सिक परिक्षाको परिक्षाफल एक कार्यक्रमका बिच प्रकाशित गरिएको छ । बिधालय व्यवस्थापन समिति अध्यक्ष पुर्ण बहादुर टन्डनको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अथिती पाणिनी गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनकराज पन्थी तथा बिशिस्ट अतिथी वडा न ७ का अध्यक्ष गुनाखर अधिकारि रहनु भएको थियो ।
बिधालयका विद्यार्थी हरुलाइ शुभकामना प्रदान गर्दै प्रमुख अतिथि तथा बिशिस्ट अतिथिले सफल विद्यार्थीलाइ अझ मेहनत गर्न आग्रह गर्नुभएको थियो ।कार्यक्रममा प्र। अ। धर्मराज पन्थीले नतिजा प्रकाशन गर्नुभएको थियो ।
बिधालय व्यवस्थापन समिती सदस्य राम बहादुर कार्किले शुभकामना मन्तव्य राखनुभएको कार्यक्रममा शिक्षाक बिमला कार्किले स्वागत मन्तव्य तथा तिलक बेल्वासेले संचालन गर्नुभएको थियो ।कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाइ पुरस्कार बितरण गर्दै अझ सफलताका लागि शुभकामना प्रदान गरिएको थियो ।