धातिवाङ्ग माध्यमिक विद्यालय पाणिनी गाउँपालिका, ६ धातिवाङ्ग अर्घाखाचीको वार्षिक परिक्षाफल सार्वजनिक भएको छ ।
२००६ सालमा स्थापना भएको विद्यालयमा कक्षा १२ सम्म अध्यापन भईरहेको छ ।
परिक्षाफल प्रकाशनको अवसरमा बालशिक्षा देखी कक्षा १० सम्म प्रथम, द्धितिय, तृतिय, सान्तत्वना हुनेलाई शैक्षीक सामाग्री वितरण गरि पुरस्कृत गरिएको छ ।
त्यस्तै विद्यालयमा धेरै दिन हाजिर हुने, अनुशासित, सरसफाई, लगाएतका विधामा स्थापना गरिएको विकास शिक्षा अक्षयकोष पुरस्कारबाट पुरस्कृत गरिएको छ ।
कार्यक्रममा वडा अध्यक्ष शुभबहादुर सारुले रु ६१ हजारको अक्षयकोष र आमाबुबा बिहिन बालबालिकाका लागी ५ हजारको गरी ६६ हजारको अक्षयकोष पनि स्थापना गर्नुभएको छ ।
आफुले पाउँने मासिक पारिश्रमीक शिक्षामा लगानी गरेको अध्यक्ष सारुले बताउनुभयो ।
कार्यक्रममा विकास अक्षयकोष स्थापनाका संरक्षक जनार्दन पौडेल वडा सदस्य खगिश्वर पौडेल पुनाराम पौडेल, धातिवाङ्ग माविका प्रअ हिमलाल पौडेल समाजसेवी थानेश्वर पौडेल विद्यालय व्यवस्थापन समिती सदस्य जानका पौडेल, स्वास्थ्य चौकी इन्चार्ज मित्रदेव पौडेल, पत्रकार घनश्याम पौडेल, कालिका आधारभुत विद्यालयका प्रअ गोविन्द पौडेल, अमर आधारभुत विद्यालयका शिक्षक रविलाल पौडेल, सुर्योदय आधारभुत विद्यालयका प्रअ घनश्याम पौडेल लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष मणिराम पौडेलको अध्यक्षता, शिक्षक मेघनाथ पौडेलको सञ्चालन, शिक्षक विष्णु खनालको स्वागत मन्तव्यमा सम्पन्न भएको हो ।