युगराज बस्याल गुल्मी, बैशाख ३
छत्रकोट गाउपालीका गुल्मिले शिक्षकको दरबन्दि मिलान गर्ने भएको छ । बिभिन्न प्राथमिक बिद्यालयमा बिद्यार्थि संख्या न्युन भएपछि दरबन्दी मिलान गर्न लागिएको हो ।
गाउ शिक्षा समितिको बैठकले बिभिन्न बिद्यालयका १८ जना शिक्षकको दरबन्दि मिलान गर्ने निर्णय गरेको हो । । बैठकले दरबन्दि मिलानको लागि १५ बिद्यार्थि १ शिक्षकको अनुपात तय गरेको छ ।
जसअनुसार पिपलपोखरा प्राथमिक बिद्यालय हँुगा बाट १ जना
जन जागृति प्राथमिक बिद्यालय पल्लिकोटबाट १ जना
पिपलडाडा प्राथमिक बिद्यालय पल्लिकोट बाट १ जना
भगवति प्राबि लुम्छाबाट २ जना
खड्गदेवि प्राबि लुम्छाबाट १ जना
भानु प्रावि रुन्जाकोटबाट १ जना
सारदा बिद्या मन्दिर रुप्सेबाट २ जना
सरस्वति प्रावि बासखर्कबाट १ जना
कालिका प्रावि दिगामबाट १ जना
लक्ष्मि प्रावि बोखरबाट १ जना
सरस्वति प्रावि छत्रकोट ५ बाट २ जना
कालिका प्रावि नौधाराबाट २ जना
काउले प्रावि दौघाबाट १ जना
आलम प्रावि दौघाबाट १ जना शिक्षकको दरबन्दि घटाइनेछ ।
यस्तै जनजागृति मावि हुँगा र देविस्थान प्रवि हुँगामा एक एक ,जनज्योति मावि पल्लिकोट मा दुई ,सरस्वति मावि चोयगामा एक ,चण्डिदेवि आधारभुत बिद्यालय नमरमा एक जना ,जनशिक्षा प्राविमा एक जना ,मैनडाडा मावि हर्दिनेटामा एक जना ,श्रृङगा जनता मावि श्रृङगामा एक जना, आदर्श मावि दिगाममा एक जना ,सरस्वति बोहा आधारभुत बिद्यालयमा एक जना ,जनज्योति प्रावि अमराईमा एक जना ,आत्मबोध मावि मानकोट मा एक जना,जन आधारभुत बिद्यालय खज्र्याङ मा दुइ जना ,बिपि स्मृति प्राबिमा एक जना ,दौघाहरि प्राबिमा एक जना ,नेपाल राष्ट्यि माबि दौघामा एक जना शिक्षकको दरबन्दि थप गरिनेछ ।
बिद्यालयको आवश्यकता र शिक्षकको पायकको आधारमा सम्बन्धीत बिद्यालयमा पठाइनेछ ।
साथै बैठकले आगामी २० बर्षको लागि न्युनतम ३ कक्षा सम्मको बिद्यालयलाई ८, ५ कक्षा सम्मको बिद्यालयलाई १०, ८ कक्षा सम्मको बिद्यालयलाई १६ र माबिलाई २० कोठे पक्कि भवन निर्माण गर्ने र नयाँ शैक्षिक सत्रमा भर्ना अभियान संचालन गर्ने लगायतका निर्णय गरेको छ ।
गाउ शिक्षा समितिका संयोजक तथा गाउपालीका अध्यक्ष मधुकृष्ण पन्थकोे अध्यक्षतामा सम्पन्न बैठकमा उपाध्यक्ष नर्मदा भण्डारी,सामाजिक बिकास संयोजक डिलाराम न्याउपाने,शिक्षा शाखा प्रमुख एवं समितिका सचिब बिष्णु प्रसाद ज्ञवाली ,माबिका शिक्षक प्रतिनिधि भुवन टण्डन ,आधारभुत तहबाट प्रतिनिधि पदमपाणी न्याउपाने ,संस्थागत बिद्यालय प्रतिनिधि भरत टण्डन, पुर्व श्रोत ब्यक्ति शंकर प्रसाद पन्थ ,गाउ कार्यपालिका सदस्य दुर्गा सुनार लगायतको सहभागिता रहेको थियो ।