सामुदायिक स्वास्थ्य इकाइ छत्रकोट १ हुगा झेर्दि गुल्मीमा आरम्भ गरिएको छ ।
छत्रकोट गाउपालीका गुल्मीले स्वास्थ्य सेवा बिस्तारको लागी स्वास्थ्य इकाइको आरम्भ गरेको हो ।
इकाइको पालिका अध्यक्ष मधुकृष्ण पन्थले उद्धघाटन गर्नुभएको थियो ।
उद्धघाटन समारोहमा पालिका उपाध्यक्ष नर्मदा भण्डारी ,वडा अध्यक्ष धातानन्द भण्डारी,सामाजिक बिकास समिति संयोजक डिलाराम न्याउपाने, वडा नम्बर ३ का वडा सदस्य बाबुराम अर्याल ,वडा नम्बर २ का अध्यक्ष रुक बहादुर राकसकोटि लगायतको सहभागिता रहेको थियो ।
स्वास्थ्य इकाइबाट मातृशिशु स्याहार,परिवार नियोजन ,बाल पोषण तथा अन्य स्वास्थ्य परिक्षण लगायतका सेवा प्राप्त हुनेछन् ।