विप्लव नेतृत्वको नेकपाले आज आव्हान गरेको नेपाल बन्दको प्रभाव बिहानैदेखि परेको छ ।
प्रहरीले पक्राउ गरेका आफ्ना नेता तथा कार्यकर्ताको रिहाईको माग गर्दै विप्लव नेतृत्वको नेकपाले आज बन्द आव्हान गरेको हो । काठमाण्डौमा वन्दको आंशीक प्रभाव परेको छ ।
बन्दको कारण विहानैदेखि देशका धेरैजसो स्थानमा सार्वजनिक यातायातका साधन सञ्चालनमा आउन सकेका छैनन । सडकमा फाट्टफुट्ट निजी सवारी साधनहरु चलेका छन । सडकमा बन्द आव्हानकर्ता नदेखिएपनि चोक चोकमा प्रहरीले सतर्कता बढाएको छ ।
अज्ञात समुहले देशका विभिन्न ठाउँमा बम विस्फोट गराउनुका साथै केही सवारी साधनमा आगजनी गरेको छ ।
पोखराको नदीपुरस्थित प्रदेशसभा भवन अगाडि भेटिएको वम डिस्पोजन गर्ने क्रममा एक सैनिक घाइते भएका छन् ।
प्रदेशसभा भवन नजिकै सडकमा कागजको डल्लोमा बेरेर डेटोनेटर डिस्पोज गर्ने क्रममा सैनिक धर्मबहादुर थापाको हातमा चोट लागेको हो ।
त्यसैगरी पोखराको लेखनाथस्थित सैनिक बस्तीमा पनि त्यस्तै संकास्पद बस्तु भेटिएको छ ।
यता पाल्पाको रिब्दिकोट गाउँपालिकाको भवनमा पनि बम विस्फोट भएको छ । विस्फोटबाट गाउँपालिकाको भवनमा सामान्य क्षति पुगेको छ ।
यस्तै अर्घाखाँची जिललाको सदरमुकाम सन्धिखर्कमा बम फेला परेको छ ।
बिहान ८ बजेतिरको समयमा बाटिकामा बम झुण्ड्याइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बम नेपाली सेनाले डिस्पोज गरेको छ ।
त्यस्तै बागलुङको बागलुङ नगरपालिकामा पनि पाइप बम फेला परेको छ ।
बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको छ । त्यस्तै काभ्रेको पनौतीमा भेटिएको बम पनि सेनाले निस्क्रिय पारेको छ ।
उता मकवानपुरको भिमफेदी गाउँपालिका – ९ गोलमोडमा हेटौंडाबाट तरकारी बोकेर पालुङतर्फ जाँदै गरेकोे मिनि ट्रकलाई रोकेर पाँचजनाको समूहले पेट्रोल छर्किएर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवापनपुरले जनाएको छ । आगलागीबाट दुईवटै गाडी पूर्ण रुपमा क्षति भएको छ ।
यता गुल्मीमा पनि बिहानैदेखि बन्दको प्रभाव परेको छ । बन्दको कारण लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन । जिल्लामा कुनै अप्रिय घटना नघटेपनि छिमेकि जील्लामा बम बिष्पोट भएसर्गै जनजीवन त्रषित बनेको छ ।
बम विस्फोट र आगजनीको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन ।