पाल्पाको पूर्वखोला गाउँपालिकामा एउटै शिक्षा प्रणाली लागु भएको छ ।
गाउँपालिकाभित्रका ५ वटै निजी विद्यालय सामुदायिक विद्यालयमा गाभिएपछि अभिभावक पनि खुसी भएका छन् । गाउँपालिकामा रहेका ३७ सामुदायिक विद्यालयमध्ये नजिक पर्ने विद्यायलमा संस्थागत विद्यालय९बोर्डिङ० गाभिएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापा मगरले जानकारी दिनुभयो ।
संस्थागत विद्यालयमा अंग्रेजी र सामुदायिकमा नेपाली माध्ययमा पढाइ हुने गरी दुवै विद्यालयहरु एक भएको थापाले जानकारी दिनुभयो ।
संस्थागत विद्यालयका सम्पूर्ण खर्च गाउँपालिकाले बेहोर्ने, विद्यालयले लिँदै आएका भर्ना तथा मासिक शुल्कमा हाललाई वृद्धि नगर्ने, त्यहीँका शिक्षकले नै पठन पाठन गर्नेलगायतका विषयमा सहमति भई आफूहरु सामुदायिक विद्यालयमा गाभिएर पढाइलाई सुरु गरेको पूर्वखोला गाउँपालिका(४, मा रहेको चिराग एजुकेशनल बोर्डिङ्ग स्कुलका सञ्चालक मेहर सिंह थापाले जानकारी दिनुभयो ।
आफ्नो विद्यालय छिमेकी मातृभूमि माविमा गाभिएको भन्दै थापाले अब चिराग एजुकेशनल बोर्डिङ्ग स्कुलको नाम परिवर्तन भएर मातृभूमि मावि अंग्रेजी ब्लक रहने बताउनुभयो ।
सामुदायिक र संस्थागत विद्यालय एकै ठाउमा गाभिएपछि छोराछोरीलाई कुन विद्यालयमा पढाउने भन्ने चिन्ता हटेको पूर्वखोला गाउँपालिका ४ का बलबहादुर थापाले बताउनुभयो । देशैभरि विधार्थी भर्ना अभियान चलिरहेको बेला आफूलाई जस्तै गाउँपालिकाभरिका अभिभावकलाई पनि अन्यौलता हटेको थापाको भनाइ छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा बनेको प्राविधिक समूहको अध्ययन र प्रस्तावअनुसार दुवै विद्यालयहरु एक ठाउँमा आएको पूर्वखोला गाउँपालिका, शिक्षा शाखाका प्रमुख मणि ज्ञवालीले जानकारी दिनुभयो । दुवै विद्यालय एकै ठाउँमा आएपछि सामुदायिक विद्यालयमा समेत अ्रग्रेजी माध्ययमा पढाइ सुरु भएको ज्ञवालीले बताउनुभयो ।