अनिश शर्मा गैरे
गुल्मी,गुल्मी वामीमा शुक्रवार अग्नी नियन्त्रण तथा ग्यास सिलिन्डर प्रयोग गर्दा ध्यान दिनुपर्ने बिषयक सचेतनामुल तालिम सम्पन्न गरीएको छ ।
अग्नी सेफ नेपालको आयोजनामा वामी बजार निवासी स्थानीय बासिन्दाहरुलाइ तालिम प्रदान गरीएको हो । तालिमको अवसरमा सो कम्पनीका प्रमखु महेश पन्तले ग्यास सिलिन्डर प्रयोग गर्दा अपनाउनुपर्ने सचेतनाको बारेमा जानकारी गराए ।
उनले एक केजी ग्यास बलेको खण्डमा २५ हजार लिटर पेट्रोल बाले सरहको आगो बल्ने, ग्यास सिलिन्डरको रेगुलेटर बन्द नगरेको खण्डमा जतिबेला पनि खतरा हुन सक्ने लगायतका बिषयमा जानकारी गराएका थिए ।
काठमाण्डौको धापासीमा रहेको सो कम्पनी मार्फत पन्तले देशभर नै यस्ता कार्यक्रमहरु निशुल्क रुपमा प्रदान गर्दै आइरहेका छन् । केही दिनदेखी गुल्मीको मुसिकोट नगरपालिकाका बिभिन्न क्षेत्रमा यस्ता खालका सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दे आइरहे वामी बजार निवासी कार्यक्रमको संयोजन गरीरहेकी सुष्मा तिवारीले जानकारी दिइन् ।
सामान्य गल्तीको कारण पनि जनधनको क्षती गराउन सक्ने भएको कारणले ग्यास सिलिन्डर प्रयोग गर्दा सावधानी अपनाउन उनले आग्रह गरीन् ।