गुल्मीको मालिका गाउँपालिकाले उत्पादनमा आधारित अनुदान वितरण कार्य सुरु गरेको छ । गाउँपालिकाले खसि, बोका, कुखुरा, अण्डा, घाँसको बिउ, दुध लगायतका कृषिजन्य सामाग्री उत्पादन गर्ने किसानलाई अनुदान वितरण गरेको हो ।
गाउँपालिकाले अनुदान वितरण गरेसँगै स्थानीय किसानहरु पनि उत्साहित भएका छन् । मालिका गाउँपालिकाले बार्षिक १५ सय गोटा बढि लोकल कुखुराको अण्डा उत्पादन गरि सहकारी मार्फत बिक्री गर्ने किसानलाई प्रति अण्डा पाँच रुपैयाँ, घाँसको बिउ उत्पादन गर्ने किसानलाई प्रति किलो १० रुपैयाँ दिदै आएको छ ।
यस्तै,सहकारी मार्फत मासिक ५० लिटर दुघ बेचे प्रति लिटर पाँच रुपैयाँ, जग्गा भाडामा लिएर घाँसका बिरुवा उत्पादन गरे प्रति बिरुवा पाँच रुपैयाँ, बाख्रा पाल्ने किसानलाई खोर सुधारको लागि ५० प्रतिशत अनुदान प्रदान गर्ने व्यवस्था मिलाएको गाउँपालिका प्रवक्ता शोभाखर गिरीले जानकारी दिनुभयो ।