राधा पोख्रेल
बैशाख ११ गुल्मी – गुल्मीको छत्रकोट गाउपालीका ४ श्रृङ्गा कोल गैरामा जिप र मोटरसाइकल एकआपसमा ठोक्कीदा ५ जना घाइते भएका छन् घाइते मध्ये एक जनाको अवस्था गम्भिर रहेको छ ।
गौडाकोट बाट बलेटक्सार को लागि छुटेको जिप र पिपलनेटा बाट लुम्छा को लागी छुटेको मोटरसाइकल श्रृङ्गगा देउराली र पिपलनेटाको बिचमा ठोक्कीदा सो दुर्घटना भएको हो । 
घाईते हुनेमा गुल्मीको मुसिकोट नगरपालीका ४ बडागाउका जिप चालक २३ बर्षका तारा रास्कोटि ,मालिका गाउपालीका ६ का २२ वर्षका बसन्त पराजुली, रेसुङ्गा नगरपालिका २ का ३८ बर्षका गोपाल पोख्रेल,अर्घाखाचि मालारानी गाउपालिका ४ का २२ बर्षका दिलिप केसि र मोटरसाइकल चालक छत्रकाट गाउपालीका ४ का १८ बर्षका शालिकराम पन्थ रहेको प्रहरिले जनाएको छ ।
घाईते मध्ये रेसुङ्गा नगरपालिका २ का ३८ बर्षका गोपाल पोख्रेल को अवस्था गम्भिर रहेको छ । घाइते सबैलाई लुम्बिनि मेडिकल कलेज पाल्पा पठाइएकोे श्रृङ्गा प्रहरी चौकीले जनाएको छ । जिप सडकबाट करिब १०० मिटर तल खसेको छ भने मोटरसाइकल पनि क्षतिग्रस्त रहेको छ ।
