बैशाख १३, गुल्मी – गुल्मीको मुसिकोट नगरपालिका–४ दजाकोटमा दूषित पानीका कारण फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन ।
गाउँदेखि ५ किलोमिटर टाढा रहेको ट्यांकीबाट ८५ घरपरिवारलाई वितरण गरिँदै आएको पानी दूषित भएपछि गएको आइतबारदेखि स्थानीयहरुमा सामान्य झाडापखालाको लक्षण देखिएको थियो ।
दूषित पानीका कारण बिहीबार बेलुकीसम्म ९८ जना बिरामी परेका थिए । शुक्रबार बिहानसम्ममा बिरामीको संख्या बढेर १०४ पुगेको स्थानीय हरि छन्त्यालले जानकारी दिनुभयो ।
झाडापखालाको प्रकोप देखिएको ठाउँमा बिहीबार जिल्ला जनस्वास्थ्यको टोली पुगेर बिरामीहरुको उपचार गरी स्थिति सामान्य बनेपछि सदरमुकाम फर्किसकेको छ । तर पनि झाडापखाला भने अझै नियन्त्रणमा आएको छैन ।
उक्त मुहानको पानी उमालेर खााँदा पनि मानिसहरु बेहोस हुने, वाकवाकी लाग्ने, टाउको दुख्ने, पखाला लाग्ने र ज्वरो आउने जस्ता समस्याहरु देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत महेश श्रेष्ठले जानकारी दिनुभयो । अहिले यो गाउँमा ट्यांकरबाट खानेपानी वितरण भैरहेको छ ।
बिरामीको स्थानीय ठाउँमा नै सञ्चालन गरिएको अस्थाइ स्वास्थ्य शिविर, गुल्मी अस्पताल र बुटवलको गौतमबुद्ध अस्पतालमा उपचार भैरहेको छ । अधिकांश विद्यार्थी पनि बिरामी परेकाले विद्यालयसमेत बन्द गरिएको छ ।
सोमबार ४ जनाबाट फैलिएको झाडा पखाला माहँमारीको रुपमा फैलिएको हो ।लुरेखोला मुहानको पानी पिउने सवै घरधुरी छाडापखलाको माहमारीमा परेका हुन् ।
दजाकोटका ७५ घरधुरीका बालक देखि बृद्ध सम्म सयौजनालाई गत चार दिन देखि झाडा पखलाको माहमारीले सिङ्गो गाउँ नै संकट ग्रस्त बनेको स्थानिय हरि छन्तेलले बताउनुभयो ।
सोहि स्थानमै ०७३ साल बैशाख १८ गते पारी जंगलमा लागेको आगो पानीको अभावमा स्थानियले नियन्त्रणमा लिन नसक्दा वारी दजाकोटमा फैलिएर त्यो पुरै गाउँ खरानीमा परिणत भएको थियो ।
सोहि स्थानमै ०७३ साल बैशाख १८ गते पारी जंगलमा लागेको आगो पानीको अभावमा स्थानियले नियन्त्रणमा लिन नसक्दा वारी दजाकोटमा फैलिएर त्यो पुरै गाउँ खरानीमा परिणत भएको थियो ।
५६ घरधुरी जलेर नष्ट भएको थियो । भने १जनाको मृत्यु समेत भएको थियो । घर गोठ सहित ७० वटा जलेको १० करोड भन्दा बढिको क्षति भएको थियो ।