अनिल खत्री
१५ बैशाख, गुल्मी , गुल्मीमा झाडा पखलाबाट १ जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिको वडा नम्वर ४ दजाकोटमा सिङ्गोगाउँ नै झाडा पखलाको फैलिएको महामारिमा १२ वर्षिय रेशम सिंजालीको मृत्यु भएको स्थानिय हरि छन्तेलले बताउनु भयो ।
झाडा पखलबाट बिरामी परेका सिंजाली घरमै रहेको बेला मृत्यु भएको छन्तेलले बताउनु भयो । सिजांलीको घरमा झाडा पखलाबाट सबै बिरामी परेका छन् । झाडा पखलाबाट आइतवार बिहानसम्म १ सय ७० जना बिरामी भएका छन् ।
बिरामी मध्ये विरामी परेकाहरु मध्ये ६ जनाको गुल्मी अस्पताल तम्घास, ३ जनाको रेसुङ्गा अस्पताल तम्घास र एक जनाको चितवन लगिएको छ । गुल्मी अस्पताल हुदै पाल्पा बुटवलमा उपचार सम्भव नभएपछि चितवनमा लगिएको हो ।
गुल्मी अस्पतालमा उपचारत मध्ये २ जना निको भएर घर फर्किएको जिल्ला अस्ताल गुल्मीका प्रमुख उत्तम पच्याले बताए । अन्य केही व्यक्तिको सोही ठाउँमा संचालन गरिएको अस्थाई स्वास्थ्य शिविरमा उपचार भैरहेको छ । सिङ्गो गाउँ नैै प्रभावित बनेपछि काठमाडौंबाट बिशेषज्ञ टोली अध्ययनका लागि आएको छ ।
झाडा पखला फैलिएको क्षेत्रमा के कारणले झाडा पखला फैलिएको भन्ने बारे अनुसन्धान गर्न काठमाडौंबाट बिश्व स्वास्थ्य सठन (ध्ज्इ) को समन्वयमा इपिडियोनोलोजि तथा रोग नियन्त्रण महाशाखाबाट टोली गुल्मी आएको छ । डक्टर सहितको टोलीले स्थलगत अध्यन सुरु गरेको छ । शनिवार साझबाट प्रभावित क्षेत्रमा पुगेर पानी पानीको मुहानमा पुरगेर परिक्षणका लागि लैजाने गुल्मी अस्पताल प्रमुख उत्तम पच्याले बताउनु भयो ।
सोहि स्थानमै ०७३ साल बैशाख १८ गते पारी जंगलमा लागेको आगो पानीको अभावमा स्थानियले नियन्त्रणमा लिन नसक्दा वारी दजाकोटमा फैलिएर त्यो पुरै गाउँ खरानीमा परिणत भएको थियो ।
सोहि स्थानमै ०७३ साल बैशाख १८ गते पारी जंगलमा लागेको आगो पानीको अभावमा स्थानियले नियन्त्रणमा लिन नसक्दा वारी दजाकोटमा फैलिएर त्यो पुरै गाउँ खरानीमा परिणत भएको थियो ।
५६ घरधुरी जलेर नष्ट भएको थियो । भने १जनाको मृत्यु समेत भएको थियो । घर गोठ सहित ७० वटा जलेको १० करोड भन्दा बढिको क्षति भएको थियो ।